• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

मितेरी पुलले समृद्धिको ढोका खुल्यो - मुख्यमन्त्री राई

  • मंसिर ६, २०७७
  • सोलुखुम्बु समाचार
alt

सोलुखुम्बु । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सोलुखुम्बुमा समृद्धिको ढोका खुलेको बताएकाछन् । सुन्दर माप्य—खुम्बु मितेरी मोटरेबल पुलको शनिबार ओर्लाङघाटमा उद्घाटन गर्दै मुख्यमन्त्री राईले मितेरी पुलले माप्य दुधकोशी र खुम्बु पासाङल्हामु गाउँपालिकालाई मात्रै नजोडेर सन्सारलाई जोड्ने भएकाले पर्यटकको आगमनमा बृद्धि हुने विश्वास व्यक्त गरे ।

पर्यटन गतिविधीमा अब बढावा आउने भन्दै राईले यसअघि चुनाब जित्नेहरुले बिसौं बर्षमा नगरेको सोलुखुम्बुका जनताको चाहना बमोजिमको काम वर्तमान जनप्रतिनिधीले गरेको बताए ।

मितेरी पुलको निर्माणले संघियताको मर्मलाई थप स्थापित गरेको भन्दै मुख्यमन्त्री राईले खुम्बु पासाङल्हामु गाउँपालिकाका स्वर्गीय अध्यक्ष निमदोर्जी शेर्पाको सपना पुरा गर्न सहयोग गर्ने बताए । उनले निमदोर्जी शेर्पा पर्यटन सडकलाई प्राथमिकता दिँदै खुम्बु पासाङल्हामु गाउँपालिकाको केन्द्रसम्म सडक पुर्याउन प्रदेश सरकार सकारात्मक रहेको बताए ।

५५ टन क्षमताको ४८ मिटर लामो उक्त पुल खुम्बु पासाङल्हामु र माप्य दुधकोशी गाउँपालिकाको साथमा प्रदेश १ सरकार र संघीय सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको हो । पुल ७ करोड २९ लाख ९७ हजार दुई सँग रुपैयाँको लागतमा जलप नेपालले निर्माण गरेको हो ।

कार्यक्रममा संघीय सांसद हेमकुमार राई सुरवीरले विकासमा सबैको हातेमालो आवश्यक रहेको भन्दै एउटै पुल उद्घाटन गर्दा विपक्षी आत्तिनु आवश्यक नरहेको बताए । उनले आधा दर्जन मोटरेबल पुल निर्माणको प्रक्रियामा रहेको भन्दै भ्रम छरेर विकास नरोकिने बताए ।

उद्घाटन कार्यक्रममा प्रदेश १ का अर्थमन्त्री इन्द्रबहादुर आङबोले मुख्यमन्त्रीले परिकल्पना गरेबमोजिम केचनादेखि सगरमाथा जोड्ने सडक प्राथमिकताका साथ अघि बढेको बताए । निर्माणाधिन निमदोर्जी शेर्पा पर्यटन सडक निर्माण सम्पन्न गर्दा स्व. निमदोर्जी शेर्पाप्रति सच्चा सम्मान हुने बताए । उनले जनयुद्धकालमा सोलुखुम्बुको अधिकांश भुभाग पुगेको स्मरण गर्दै आङबोले सोलुखुम्बुको विकासका लागि आफ्नो तर्फवाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेकपा प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले दुरगामी महत्व बोकेको मितेरी पुल विभिन्न चुनौतिका बाबजुध छोटो समयमा निर्माण सम्पन्न गराउन सफल भएको बताए । उनले सामाजिक सञ्जाल मार्फत भ्रम छर्नुको साटो यथार्थ बुझ्न विपक्षीलाई आग्रह गर्दै मुख्यमन्त्री र अर्थमन्त्रीको आगमनले भुगोलको बारेमा थप जानकारी भई जिल्लाले फाइदा लिनसक्ने बताए ।

प्रदेश सांसद उत्तम बस्नेतले आन्तरिक तथा बाह्य पर्यटनलाई मितेरी पुल निर्माणले सकारात्मक असर पुर्याउने बताए ।

माप्यदुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख वीरकुमार राई, खुम्बु पासाङल्हामु गाउँपालिकाका कार्यवाहक अध्यक्ष टासील्हमु शेर्पा, नेकपा सोलुखुम्बुका अध्यक्ष मानवीर राई र सचिव गोम्बु शेर्पाले मितेरी पुलले सोलुखुम्बुको विकासमा सघाउ पुर्याउने बताए ।

हजारौं सहभागी भएको उद्घाटन कार्यक्रममा स्थानीय कलाकारहरुले नृत्यहरुसमेत प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचारहरु

सोलुखुम्बु : वात्तिम ...

सोलुखुम्बु - माप्य खुम्बु मितेरी पुलको उद्घाटनको केही दिन पछि दुधकोशी नदीमा नै अर्को मोटरेबल पुलको श ...

आगलागीमा परी बालक गम ...

सोलुखुम्बु । आगलागीवाट तिङलामा एक बालक गम्भिर घाइते भएकाछन् । मैन बत्तीवाट ओछ्यानमा सल्किएको आगोमा प ...

दशककै एशोसिएट प्लेयर ...

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का ‘आईसीसी एशोसिएट प्लेयर अफ दि ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved