• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

सोलु आउँदै गरेको जिप दुर्घटना, दुई जनाको मृत्यु

  • आश्विन १, २०७५
  • सोलुखुम्बु समाचार
alt

१ असोज २०७५/सोलुखुम्बु समाचार - काठमाण्डौवाट सोलुखुम्बु आउँदै गरेको टाटा सुमो दुर्घटना हुँदा दुई बिदेशी नागरिकको मृत्यु भएको छ । सोमबार मध्यान्न ए वान सिटी भिलेज यातायात प्रा.लि.को ना १ ज ७९६९ नम्बरको जिप कटारी नगरपालिका १४, घुर्मी बजार नजिक दुर्घटना हुँदा अष्ट्रेलियन नागरिक ७० बर्षिया हुसे कान्त र ७७ बर्षिय हुसेक रुडालको मृत्यु भएको हो । 

रुडालको उपचारको क्रममा र कान्तको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी अन्य ७ जना घाइते भएका छन् ।  घाइते हुनेहरुमा काठमाण्डौ बागेश्वरीका मनोज रोक्का, नेलेका सुजन बस्नेत, नेलेकै इन्द्र बहादुर बस्नेत, बाराका अर्जुन पाण्डे रहेकाछन् । यस्तै नेलेका सरस्वती बस्नेत, ओखलढुंगा श्रीचौरका लोकबहादुर तामाङ (चालक) र सल्लेरी च्याल्साकी याङछी शेर्पा रहेकाछन् । 

घाइतेमध्ये केहीको अवस्था गम्भिर रहेको बताइएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।

 

सम्बन्धित समाचारहरु

'हिम चितुवा’ शेर्पाक ...

  सोलुखुम्बु । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनमा दुः ...

हिमचितुवा आङरिता शेर ...

सोलुखुम्बु । बिना अक्सिजन १० औ पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम ...

मुटु जोगाउन त्याग्नु ...

मुटु मानव शरीरको एक प्रमुख जीवनदायी अंग हो । मुटु स्वस्थ राख्न हामीले केही खराब बानी त्याग्नै पर्छ । ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved