• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

फिफा वरियतामा नेपाल यथावत

  • माघ २४, २०७५
  • सोलुखुम्बु समाचार
alt

२४ माघ २०७५ - नेपाली पुरुष फुटबल टोली फिफा वरियताको १ सय ६१ औं स्थानमा यथावत रहेको छ । विश्व फुटबल महासंघले फेब्रुअरीका लागि बिहीबार जारी गरेको वरियतामा नेपाल अघिल्लो महिनाकै वरियतामा यथावत रहेको छ ।

दक्षिण एसियाली राष्ट्र मध्ये भारत अहिले पनि शीर्षस्थानमा रहेको छ । भारत फिफा वरियतामा १ सय ३ स्थान र साफ च्याम्पियनसिप विजेता माल्दिभ्स १ सय ५२ औं स्थानमा रहेको छ ।

बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा नेपाललाई हराउँदै माल्दिभ्स फाइनलमा पुगेको थियो । फाइनलमा माल्दिभ्सले भारतलाई हराएको थियो । दक्षिण एसियाका अन्य राष्ट्र भने नेपाल भन्दा पछाडि रहेका छन् । भुटान १ सय ८६ औं, बंगलादेश १ सय ९२ औं, पाकिस्तान १ सय ९९ औं र श्रीलंका २ सयौं स्थानमा रहेको छ ।

विश्व कपको तेस्रो स्थान प्राप्त गरेको बेल्जियम फिफा वरियताको शीर्ष स्थानमा छ । विश्व कप विजेता फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, विश्व कपको फाइनल खेलेको क्रोएसिया चौथो र इग्ल्यान्ड पाँचौं स्थानमा छ । त्यस्तो पोर्चुगल, उरुग्वे, स्विट्जरल्यान्ड, स्पेन र डेनमार्क क्रमश ः छैटौं देखि दसौं स्थानमा छन् ।

सम्बन्धित समाचारहरु

कोरोनाको लक्षण नभएका ...

काठमाडौं- सरकारले नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि लक्षण नभएका र सामान्य लक्ष ...

कर बुझाउने समय असार ...

काठमाडौँ । आन्तरिक राजश्व विभागले कर तिर्ने म्याद असार ७ गतेसम्म थपेको छ । विभागले मंगलबार जेठ २५ गत ...

रुकुम घटना : मिडियाम ...

काठमाडौं,२१ जेठ।महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले रुकुम घटनामा भइरहेको अनुसन्धानबाट सञ्चार माध्यमम ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved