• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

स्थानिय सञ्चित कोष ब्यवस्थापन प्रणाली (SUTRA) उपयोगी

  • जेठ २४, २०७६
  • सोलुखुम्बु समाचार
alt

२४ जेठ २०७६/सोलुखुम्बु समाचार - सोलुखुम्बुमा स्थानिय सञ्चित कोष ब्यवस्थापन प्रणाली (SUTRA) जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सल्लेरीमा मंगलबारदेखि शुरु भएको प्रशिक्षण हिजो बिहिबार सम्पन्न भएको हो । समापन कार्यक्रममा महाकुलुङ गाउँपालिकाका प्रमुख सागर किरातीले व्यवहारिक रुपमा संघियता कार्यान्वयनका लागि लेखा प्रणाली तथा SUTRA कोसे ढुंगा साबित हुने बताए ।

प्रशिक्षक महालेखा नियन्त्रक कार्यालयका प्रमुख बाबुराम सुबेदीले संघियता सफल बनाउन आर्थिक कार्य विधिलाई सबैले अनुसरण गर्दै त्यसका व्यवस्थाहरु प्रयोग गर्नुपर्ने बताए । उनले कार्यान्वयका क्रममा कुनै प्रकारको चुनौति आए सहयोग गर्न महालेखा परिक्षकको कार्यालय तयार रहेको समेत बताए । कार्यक्रममा कोष तथा लेखा नियन्त्रक राजेन्द्रकुमार श्रेष्ठले प्रशिक्षणमा सिकेका सिपको व्यवहारिक प्रयोगमा जोड दिए । समापनको क्रममा श्रेष्ठले राजनैतिक तथा प्रशासनिक नेतृत्वले सोलुखुम्बु जस्तो दुर्गम विकट जिल्लामा रहेर जनसेवामा रहेको कर्मचारीको वृत्ति विकास तथा सेवा सुविधा लगायत्मा सिंहदरबारको आँखाले नभई सगरमाथाको आँखाले हेर्नु पर्ने आवश्यक्ता औल्याए । 

महालेखा नियन्त्रक कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयको आयोजनामा भएको प्रशिक्षणमा सोलुखुम्बुको स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृत, लेखा प्रमुख तथा सहायक, कार्यक्रम तथा बजेट हेर्ने अधिकारी र आइटी अधिकारीको सहभागिता रहेको थियो ।

तीन दिने प्रशिक्षणमा कोष व्यवस्थापन तथा लेखासँग सम्बन्धित धेरै कुरा सिक्ने अवसर प्राप्त भएको सहभागीहरुले बताए । समापनका क्रममा महाकुलुङ गाउँपालिकाका प्रमुख सागर किराती र महालेखा नियन्त्रक कार्यालयका प्रमुख बाबुराम सुबेदीले सहभागीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।

नेपाल सरकार मन्त्रिपरिषदको बैशाख १६ को निर्णय र संघिया मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जेठ १२ को निर्णय बमोजिम सबै स्थानीय तहमा स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली मार्फत् बजेट निर्माण खर्च लेखांकन तथा प्रतिवेदन प्रशिक्षण गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुका प्रमुख राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

 

 

 

सम्बन्धित समाचारहरु

नेकपा स्थायी समिति ब ...

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक शनिबारसम्मका लागि स्थगित भएको छ। बिहीबार दुई पट ...

राष्ट्रपतिलाई प्रचण् ...

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले कुनै अध्यादेश ल्याएमा केही दिन रोक्न रा ...

प्रदेश १ को सरकारको ...

विराटनगरः प्रदेश १ सरकारको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सदनम ...

सामाजिक संजाल

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved