• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

सोलु कम्युनिटी हस्पिटल निर्माणको अभियान शुरु, १२ रोपनी जग्गा दान

  • श्रावण १९, २०७६
  • सोलुखुम्बु समाचार
alt

१९ साउन २०७६/सोलुखुम्बु समाचार - सोलुखुम्बुमा सोलु कम्युनिटी हस्पिटल सञ्चालनमा आउने भएको छ । स्थानीयको सहभागितामा सोलुदूधकुण्ड नगरपालिका ७ को नाजिङमा वि.सं. २०८० भित्र सुबिधा सम्पन्न अस्पताल निर्माण गरी सञ्चालनमा आउने सोलु कम्युनिटी हस्पिटल निर्माणका अभियन्ता डा. राजेन्द्र बस्नेतले जानकारी दिए ।

अस्पताल सञ्चालनका लागि पहिलो चरणमा सोलु हेल्थ केयर सेन्टरले सोलुदूधकुण्ड नगरपालिका ७ को नाजिङमा १२ रोपनी जग्गा खरीद गरी अस्पताललाई दान गरिएको छ । १६ लाख रुपैयाँमा खरीद गरिएको सो जग्गा अस्पतालका नाममा रजिष्टसन पास समेत गरिएको बस्नेतले जानकारी दिए ।

अस्पतालका बिषयमा डा. राजेन्द्र बस्नेत

शनिबार सल्लेरीमा आयोजित पत्रकार सम्मेलनमा डा. बस्नेतले अस्पताल निर्माण गरी बिशेषज्ञ स्तरीय सेवा प्रदान गर्ने बताए । उनले सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, रामेछापलगायत् जिल्लाका बिरामीलाई समेत सहज, गुणस्तरीय र विरामीमुखी स्वास्थ्य सेवा प्रदान गर्न दुर्गममा सामुदायिक अस्पताल निर्माण गर्न लागिएको र अस्पताल मुनाफा बितरण नगर्ने अस्पताल हुनेसमेत दाबी गरे ।

अस्पताल निर्माण तथा सञ्चालन पश्चात् स्वास्थ्य क्षेत्रको उच्च शिक्षाका लागि दक्ष जनशक्ति उत्पादन गर्न छात्रवृत्तिमा विद्यार्थीहरुलाई शिक्षा दिई जिल्ला भरी नै दक्ष स्वास्थ्य जनशक्तिवाट सेवा प्रवाह गरिने जानकारी दिए ।

अस्पताल निर्माणमा करिब १५ करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । अस्पतालका लागि डा. राजेन्द्र बस्नेत, डा. प्रकाश शाह, डा. योगेन्द्र बस्नेत र डा. एलिना श्रेष्ठले उपचार सेवामा काम गर्ने प्रतिद्धता व्यक्त गरिसकेको अस्पतालले जनाएको छ ।

अस्पतालको नाममा जग्गा प्राप्त हुनासाथ अस्पतालको काम अघि बढेको भन्दै डा. बस्नेतले आर्थिक श्रोत संकलन गर्न चुनौति रहेपनि विभिन्न व्यक्ति, संस्था तथा दातृ निकायसँग समन्वय गरी अस्पताल निर्माण तथा सञ्चालन गरिने बताए ।


गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्राबृत्तिबाट डाक्डर पढाएर त्यसपछि जिल्लाभरी अस्पतालको शाखा विस्तार गरी तीनै जनशक्तिलाई परिचालन गर्ने बताइएको छ । विषेशज्ञ सहित हाडजोर्नी, यौन तथा छाला, मेडिसिन, सर्जरी, स्त्री तथा प्रसुती, बाल रोग र दन्त रोग सम्बन्धी उपचार सस्तो, सुलभ र गुणस्तरीय रुपमा प्रदान गर्ने योजना छ ।

विपन्न, असाहय र बृद्धबृद्धाहरुलाई सहुलियत शुल्क वा निःशुल्क उपचार गर्ने, नियमित रुपमा निःशुल्क स्वास्थ्य शिविर, स्वास्थ्य जनचेतनामुलक कार्यक्रम, स्वास्थ्य विपद् व्यवस्थापनको लागि दक्ष जनशक्ति परिचालन गर्ने अस्पतालको योजना छ । स्वस्थ्य सम्बन्धी उच्च शिक्षामा छात्रावृत्ति प्रदान गर्ने योजना रहेको छ ।

अस्पताल निर्माण तथा सञ्चालन जस्तो पवित्र कार्यमा सहयोग गर्नसमेत डा. बस्नेतले आग्रह गरेकाछन् । सोलुखुम्बुमा स्तरीय स्वास्थ्य सेवा प्रवाह हुन नसकेको र सामान्य स्वास्थ्य सेवाका लागि पनि ठूलो रकम खर्च गरेर जिल्ला बाहिर जानु पर्ने बाध्यता रहेको सोलुखुम्बुबासीको गुनासो रहेको छ ।

 

सम्बन्धित समाचारहरु

प्रधानमन्त्रीले अध्य ...

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद् ...

सरकारले निर्णय गरेको ...

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदबाट सिफारिस भएको डेढ घण्टाभित्रै संसद अधिवेशन अन्त्य गरे ...

संसद अधिवेशन अन्त्य ...

सरकारले संसदको बजेट अधिवेशन आजै अन्त्य गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको म ...

सामाजिक संजाल

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved