• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

देउवालाई बाँस्कोटाको जवाफ- नाकाबन्दीमा म्याउँ गर्न नसक्ने, अहिले ढाडे बनेर कुर्लने

  • मंसिर ८, २०७६
  • सोलुखुम्बु समाचार
alt

८ मंसिर २०७६/सोलुखुम्बु समाचार - सरकारका प्रवक्ता, सञ्चार सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले देशभक्तिको बिषयमा सरकारको बोली नफेरिने बताएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार पोखरामा ‘भारतले ओलीसँग सल्लाह गरेर नक्सा छापेको हो’ भन्ने अभिव्यक्ति दिएपछि जवाफमा बाँस्कोटाले देशभक्ति, राष्ट्रियताका पक्षमा सरकारको बोली नलर्बने बताए।

‘श्रीमान् शेरबहादुर देउवाजीलाई स्रपष्ट भन्न चाहन्छु, हाम्रो बोली लर्बरिन्न,’ आइतबार पोखरामा पत्रकारहरूसँगको कुराकानीमा बाँस्कोटाले भने, ‘नाकाबन्दीका बेला एक शब्द बोल्न नसक्ने, म्याउँ गर्न नसक्ने अहिले ठूल्ठूलो ढाडे बनेर चुनाव आयो भन्दैमा कुर्लेर हुन्छ?’

 

देउवाले त्यस्तो अभिव्यक्ति दिएको आफूलाई विश्वास नलागेको पनि उनले बताए। ‘प्रमुख प्रतिपक्षी दलजस्तो जिम्मेवार दलका नेताले त्यस्तो आरोप लगाउनुभयो भन्ने मलाई पटक्कै विश्वास छैन,’ उनले भने, ‘यदी आरोप नै लगाउनुभएको हो भने गम्भीर प्रश्न उठ्छ। टनकपुर सन्धि हामीले बिर्सेका छैनौं।’

अहिले देउवाले किन यस्तो अभिव्यक्ति दिएको भन्नेमा अर्थ लुकेको उनले बताए।

‘म बुझ्छु उहाँले किन पोखरामा आएर यस्तो आरोप लगाउनुभयो। किनभने यहाँ १४ गते चुनाव छ,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले बोलाएको सर्वदलिय बैठकमा उहाँ (देउवा) ले खासै विमती राख्नुभएको थिएन। अनि अहिले कहाँबाट यस्तो आरोप लगाउनुभयो?’

सम्बन्धित समाचारहरु

प्रधानमन्त्रीले अध्य ...

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद् ...

सरकारले निर्णय गरेको ...

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदबाट सिफारिस भएको डेढ घण्टाभित्रै संसद अधिवेशन अन्त्य गरे ...

संसद अधिवेशन अन्त्य ...

सरकारले संसदको बजेट अधिवेशन आजै अन्त्य गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको म ...

सामाजिक संजाल

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved