• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

सागको मार्चपासमा नेपालकाे झण्डा पारसले बोक्ने

  • मंसिर १३, २०७६
  • सोलुखुम्बु समाचार
alt

१३ मंसिर २०७६  - १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को मार्चपासमा नेपालको झण्डा क्रिकेटर पारस खड्काले बोक्ने भएका छन् । केही महिना अघि मात्र राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजीनामा दिएका पारसले मार्चपासमा खेलाडीको नेतृत्व गर्दै नेपालको झण्डा बोक्ने अवसर पाएका हुन् ।

सागमा नेपालकोतर्फबाट डेपुटी सेफ द मिसन रिम रानाभाटले मार्चपासमा खेलाडीको नेतृत्व गर्दै देशको झण्डा पारसले बोक्ने टुङ्गो लागेको बताए । 'पारसले नै देशको झण्डा बोक्नु हुनेछ ।' उनले भने । खेल जिवनमा प्राप्त गरेको सफलताका आधारका ठुला प्रतियोगितामा खेलाडीको नेतृत्व गर्दै देशको झण्डा बोक्न दिने प्रचलन छ ।

घरेलु भूमिमा आईतबारबाट औपचारिक रुपमा सुरु हुने १३ औं सागमा पारसले सो अवसर प्राप्त गरेका हुन् । राष्ट्रिय क्रिकेट टिमको कप्तानको रुपमा उनले नेपाललाई विश्वकपसम्मको यात्रा तय गराएका थिए । उनकै नेतृत्वमा नेपालले एकदिवसीय राष्ट्रको मान्यता पाएको थियो ।

‘खेलाडीको रुपमा उनले गरेको योगदानको मुल्याङ्कन गर्दै खेलाडीको झण्डा बोक्न दिने तयारी हो ।’ राखेपका एक अधिकारीले भने ।

तयारी अन्तिम चरणमा

सागको उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको छ । उद्घाटन सत्रमा करिब ७ हजार मानिसले प्रर्दशन गर्ने तयारी गरेका छन् । राखेपका अनुसार उद्घाटन सत्र ३ घण्टा ४० मिनेटको हुनेछ । दिउँसो ३ बजे सुरु उद्घाटन सत्रको औपचारिक सुरुवात हुनेछ ।

उद्घाटनको अघिल्लो दिन ग्रान्ड रिहलसलको तयारी गरिएको छ ।

सम्बन्धित समाचारहरु

'सोलुखुम्बु' सहित चा ...

सोलुखुम्बु । सोलुखुम्बुसहित चारवटा जिल्लामा कोरोना भाइरस 'कोभिड-१९' को संक्रमित नरहेको स्वास्थ्य तथा ...

भारतीयलाई नागरिकता द ...

झापा । भारतीय नागरिकलाई झुटा विवरणको आधारमा नागरिकता प्रदान गरेको अभियोग लागेका झापाका तत्कालीन ...

बहिनी बलात्कारको आरो ...

ओखलढुङ्गा । बहिनी बलात्कार गरेको आरोपमा दाजु पक्राउ परेका छन् । चम्पादेवी गाउँपालिकामा आफ्नै बह ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved