• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

कठै यी जुम्ल्याहा ! के छुट्याउलान् त डाक्टरले ?

  • फाल्गुन २, २०७४
  • सोलुखुम्बु समाचार
alt

दैवले पनि कसैकसैलाई साह्रै अन्याय गर्दोरहेछ । यी दुई वर्षका जुम्ल्याहा बच्चालाई हेर्दा यही महसुस हुन्छ । पूर्वी भारतको ओरिसास्थित कन्धामल गाउँको एउटा विपन्न परिवारमा जन्मेका जुम्ल्याहा बालक हनि र सिंहको टाउको जोडिएको छ, त्यो पनि एकदम अप्ठेरो कोणमा ।

डाक्टरहरुले जटिल शल्यक्रियाबाट उनीहरुको टाउको छुट्याउन सकिने सम्भावना व्यक्त गरेका छन् । तर, दैनिक गुजारा गर्नलाई नै द्यौद्यौ पर्ने परिवारले उपचार खर्च धान्न सक्ने कुरै भएन ।

२५ वषिर्या पुष्पाञ्जली कन्हारले स्थानीय एक अस्पतालमा ९ मार्च, २०१५ मा यी बच्चालाई जन्म दिएकी थिइन् । पहिलोचोटि आफ्ना जुम्ल्याहा छोरालाई देख्दा उनी निकै आत्तिएकी थिइन् ।

तत्कालै उनीहरुको टाउकोको स्क्यान गर्दा दुवैसँग अलग-अलग ब्रेन रहेको र टाउकोको माथिल्लो भाग मात्रै जोडिएको पाइयो । आफ्ना छोराहरुलाई छुट्याउने शल्यक्रिया गर्न सम्भव रहेको थाहा पाएपछि यी बाबुआमामा कसैले सहयोग गरिदेला कि भन्ने आशामा बसिरहे ।

अहिले आएर ओरिसाको राज्य सरकारले सहयोगको प्रतिवद्धता जनाएको छ । परिवारले चाँडै नै नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्िटच्यूट अफ मेडिकल साइन्सेज हस्पिटलका डाक्टरलाई भेट्दैछन् ।

कन्धामलका मेडिकल अफिसर डा. स्वप्नेश्वर गडनायकले भने, ‘यस्ता खालका केही केसहरुमा शल्यक्रिया गरेर टाउको छुट्याउन सम्भव भएको छ । तर ब्रेन पनि आपसमा जोडिएको भए चाहिँ एकदमै गाह्रो हुन्छ । यी बच्चाहरुको केसमा अझै धेरै अनुसन्धानको खाँचो छ ।’

बनिबुतो गरेर महिनाको १६ सय भारु कमाउने बाबु भुवल कुमारले छोराहरु जन्मेदेखि नै उपचारका लागि सहयोग जुटाउने प्रयास गर्दै आएका थिए ।

उनले भने, ‘मेरा छोराहरु जन्मेपछि मैले उपचारका लागि प्रयास गरेँ । तर, मेरो आर्थिक अवस्थाले गर्दा त्यो सम्भव भएन । अन्त्यमा मैले सबै आशा त्यागिसकेको थिएँ ।’

यी बाबुआमाका अरु दुई छोराहरु छन्, ९ वषिर्य अजित र ६ वषिर्य दाखिया । उनीहरु दुवै स्वस्थ छन् ।

पुष्पाञ्जली भन्छिन्, ‘म हनि र सिंहलाई पनि उनीहरुका दाजुहरु जस्तै खेलेको कुदेको हेर्न चाहन्छु । उनीहरु स्कुल गएको र छुट्टाछुट्टै जीवन बाँचेको हेर्न चाहन्छु ।’

2ins-5 2ins-4 2ins-6

सम्बन्धित समाचारहरु

सोलुखुम्बु : राधाकृष ...

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ दोर्पू बजारमा “जोरधारा नागेश्वर राधाकृष्ण मन्द ...

चोकर्म (सेतो पोखरी) ...

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका १ मा रहेको सेतो पोखरी (चोकर्म) फुटेको छ । दुधकुण्ड पोखरीकै आकारम ...

ज्ञानेन्द्र शाहीको अ ...

सोलुखुम्बु । सुशासनका लागि भ्रष्टाचार विरुद्धको महाअभियान नाराका साथ गठित ‘हाम्रो नेपाल, हामी ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved