थुलुङ दुधकोशीमा कृषि उपज तथा घरेलु औधोगिक प्रदर्शनी मेला 

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकामा कृषि उपज तथा घरेलु औधोगिक प्रदर्शनी मेला सम्पन्न भएको छ । मेलामा उत्कृष्ट कृषकलाई सम्मानका साथमा पुरस्कार वितरण गरिएको छ  

बजारमुखि कृषिको आधार समुन्नत थुलुङ दुधकोशीको आधार भन्ने नारा सहित थुलुङ दुधकोशी गाउँपालिकाको आयोजना भएको प्रदर्शनी मेलामा नगदेबाली अन्तरगत युवराज राई, जंग राई, डिल्ली राई, र भिसनबाबु राई क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका छन् ।

त्यस्तै फलफूल, तरकारी, मसला तथा जडीबुटी अन्तरगत सोम्पुरे तामाङ, गोपाल राई, कृष्ण बस्नेत र ज्ञान प्रसाद राई क्रमश। प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका छन् ।

त्यसैगरी हस्तकला तथा अन्य विविध क्षेत्रमा भने थुलुङ दुधकोशी ढाका उद्योग, सोममाया राई, जरामान राई र मणीमाया राई क्रमश: प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका छन् । 

कृषि उपज तथा घरेलु औधोगिक प्रदर्शनी मेलामा उत्कृष्ट कृषकहरूलाई सम्मान स्वरुप प्रमाण पत्र र कृषि सामाग्री प्रदान गरिएको छ ।

Facebook Comments
Scroll to Top