शहीद

 १
देशले रगत मागे पछि
क्रान्तिका उभारहरु उठाउँदै
मृत्युलाई जित्ने अदम्य साहसका साथ
न्याय र मुक्तिका गीत गाएर
जनताको दुःख सुखको साथी बन्दै
मोर्चाको अग्र भागमा उभ्भिने
दुःखहरु शिरमा थापि
समय संग लाप्पा खेली
जीवन उत्सर्ग गरेर
युगलाई गति प्रदान गर्ने
युग संवाहक तिमी ।
अन्याय र असमानताको
धज्जी उडाउँदै
निरुङकुशताको उछितो काढेर
जनलहर थपक्कै उचाली
तिम्रै बाहुबलमा
समाज रुपान्तरण गरे पछि
परिवर्तनका मिठा सपना बाँड्दै
भरोसाका चौतारीहरुमा
दौतरी संग एकाकार भएर
अध्याँरोलाई बैरी ठान्दै
उज्यालो छरि रह्यौ ।
तिमी रुँदा देश रोयो होला
देश पनि त हाँस्ने गर्थ्यो
तिमी हाँसे पछि
तिमी युग नायक
कहिले देश दुख्यो होला ?
देशलाई सुम्सुम्याउँदै हिड्यौ तिमी
असल पथ प्रदर्शक भयौ होला
यात्रा लामो पक्कै थियो
यात्रा बाटै भागे होलान कति लाक्षीहरु
तिमीलाई एक्लो पारी
तिमी त पछाडि फर्कन नचाहाने मान्छे
तिमी अविराम लम्की हिड्यौ
गन्तव्यलाई टेक्ने गरी ।
तिमी कति महान ?
तिमी कति बहादुर ?
तिम्रो बहादुरितालाई
सलाम गर्न मन छ
तिमीले देखेका सपना
अधुरै होलान
हामी विपनामा खोजी बस्छौ
तिमीले देखाएको बाटो भुल्नु छैन हामीले
हामी बाटो खनी बस्छौ
तिम्रो शाहदत
युगान्तकारी घटना थियो
तिमी प्रति
नतमस्तक हुन्छौ हामी ।
सुन्दहरैंचा —६, दुलारी, मोरङ
९८४२०७३५२५

kpchandra2023@gmail.com

Scroll to Top