अनेरास्ववियु सोलु – काठमाडौँ सम्पर्क कमिटी अध्यक्षमा घिमिरे

सोलुखुम्बु । अनेरास्ववियु सोलुखुम्बु – काठमाडौँ सम्पर्क कमिटीको अध्यक्षमा सुजन घिमिरे चयन हुनुभएको छ । अनेरास्ववियुको आज शनिबार सम्पन्न कार्यक्रमले घिमिरेको अध्यक्षतामा ३१ सदस्य सम्पर्क कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा विशाल निरौला र समिना राई, सचिवमा थर्जेन शेर्पा, उपसचिवमा नवल खड्का र कोषाध्यक्षमा सुवास तामाङ चयन हुनुभएको छ ।

अनेरास्ववियु केन्द्रिय कमिटीका सचिव तथा कोशी प्रदेश इन्चार्ज मनोज ताम्लीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोला, सम्पर्क विभाग प्रमुख राजकुमार ढकाल लगायतको उपस्थिति रहेको रहेको अनेरास्ववियु सोलुखुम्बुका इन्चार्ज प्रविण कार्कीले जानकारी दिनुभयो । 

Scroll to Top