विराटनगर – कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पाले पाएका छन् । बुधबार बसको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकेको हो ।
नयाँ मन्त्रिपरिषद् विस्तार भएपछि पहिलो पटक बसेको बैठकले मुख्यमन्त्री सम्मेलनको अवधारणा पत्र स्वीकृत गर्ने र त्यसको तयारी गर्ने निर्णय समेत गरेको मन्त्री शेर्पाले बताए । मन्त्रिपरिषद् बैठकले विभिन्न तीनवटा समिति समेत बनाउने निर्णय गरेको छ ।

