
गाउँपालिका कमिटीमा लाक्पाछिरी, अखिल नेपाल महिला संघमा ङवाङ जाङमु
सोलुखुम्बु । नेकपा एमाले खुम्बु पासाङल्हामु गाउँपालिका कमिटीको दोश्रो गाउँपालिका अधिवेशन सम्पन्न भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर २ लुक्लामा शुक्रबार सम्पन्न अधिवेशनले लाक्पाछिरी शेर्पाको अध्यक्षतामा २७ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मत् चयन गरेको छ । समितिको उपाध्यक्षमा पेम्बा नुरु शेर्पा, सचिवमा आङ नुरु शेर्पा, उपसचिव ङवाङ जाङमु शेर्पा र महाप्रसाद राई चयन हुनुभएको छ ।
दोश्रो गाउँपालिका अधिवेशनकै क्रममा ११ सदस्यीय अखिल नेपाल महिला संघ खुम्बु पासाङल्हामु गाउँपालिका कमिटी समेत गठन गरिएको छ । कमिटीको अध्यक्षमा ङवाङ जाङमु शेर्पा चयन हुनु भएको छ ।

कमिटीको उपाध्यक्षमा मिनाफुटी शेर्पा, सचिवमा उमा बराइली, कोषाध्यक्षमा पासाङ दिकी राई र उपसचिवमा ङिमायाङजी शेर्पा रहनुभएको छ ।
नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीका सचिवालय सदस्य लाक्पा ग्याल्जेन शेर्पाको अध्यक्षता एवं नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य तथा राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पाको प्रमुख आतिथ्यतामा अधिवेशन कार्यक्रम सम्पन्न भएको हो ।
उद्घाटन शत्रमा कसले के भने ?
अधिवेशनको उद्घाटन शत्रमा बोल्नु हुँदै प्रमुख अतिथि एवं नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य तथा राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पाले खुम्बुमा नेकपा एमालेले गरेको काम कै कारण खुम्बुमा पार्टी लोकप्रिय बनेको बताउनुभयो । शेर्पाले संघीय तथा प्रदेश निर्वाचनमा समेत खुम्बु पासाङल्हामु गाउँपालिकामा खस्ने मतमध्ये करिब ८५ प्रतिशत मत पार्टीलाई दिँदै जितका लागि निर्णायक भूमिका खेलेको बताउनुभयो । शेर्पाले सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्यटन प्रबद्र्धन गर्दै दक्षिणी क्षेत्रलाई व्यवसायिक उत्पादनको क्षेत्र बनाएर फाइदा लिनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका बिशिष्ट अतिथि नेकपा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य एवं कोशी प्रदेश खानेपानी, सिंचाई तथा उर्जा मन्त्री एकराज कार्कीले विराटनगरवाट एकै दिनमा सडक यातायातवाट नै खुम्बु पासाङल्हामु गाउँपालिका आउन पाउँदा खुशी लागेको बताउनुभयो । वहाले पार्टी भित्र सबैले नेता नभई कार्यकर्ता भएर काम गर्न निर्देश गरेकोले सोही अनुसार काम गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रमका बिशिष्ट अतिथि एवं नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य बुद्धिकुमार राजभण्डारीले निरन्तरको प्रयासले गाउँपालिकाको सुर्केसम्म सडक सञ्जाल जोडिएको बताउँदै गाउँपालिका केन्द्रसम्म सडक सञ्जाल जोड्न पहल गर्ने बताउनुभयो ।
नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटी अध्यक्ष डुफ कुमार बास्तोलाले पार्टीले जीत हात पारेको पालिकाको नेतृत्वमा रहेका नेताहरुले पार्टी संगठनसँग समन्वय गरेर काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले सोलुखुम्बुका उपाध्यक्ष आशकुमार राई “शिशिर” ले पार्टीले समय अनुकुल प्रविधिमैत्री प्रणाली विकास गरिरहेको भन्दै आजैदेखि एमाले संगठनलाई थप मजबुत बनाएर पार्टीको मिसन ८४ लाई सफल बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले सोलुखुम्बुका सचिव कल्पना राईले आगामी दिनमा पनि खुम्बु पासाङल्हामु गाउँपालिकालाई नेकपा एमालेमय बनाइराख्ने गरी काम गर्नु पर्ने बताउनुभयो । राईले खुम्बुमा काम गर्न पाएनौ, सकेनौं भन्ने छुट एमालेलाई नरहेको भन्दै स्थानीय सरकारले गरेको कामको ब्यापक प्रचार गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपा एमाले सोलुखुम्बुका उपसचिव तथा खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाले खुम्बुको भौगोलिक अवस्था, सिजनल पर्यटन व्यवसाय लगायत्का विभिन्न कारण पार्टी गतिविधी शसक्त बन्न नसकेको भन्दै आगामी दिनमा पार्टी गतिविधीलाई थप शसक्त बनाउँदै लैजाने बताउनुभयो ।
नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीका सचिवालय सदस्य लाक्पा ग्याल्जेन शेर्पाको अध्यक्षता एवं नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य तथा राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पाको प्रमुख आतिथ्यतामा अधिवेशन कार्यक्रम सम्पन्न भएको हो ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले खुम्बु पासाङल्हामु गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित गाउँपालिकाको ५ वडामध्ये वडा नम्बर २, ३, ४ र ५ मा जीत हात पारेको थियो ।
