कर्मचारी संगठन सोलुखुम्बुमा युवराज शर्मा सर्वसम्मत

सोलुखुम्बु । नेपाल निजामती कर्मचारी सङ्गठन सोलुखुम्बुको अध्यक्षमा युवराज शर्मा ‘युराक’ निर्वाचित हुनुभएको छ । बिहीबार सल्लेरीमा सम्पन्न १२ औँ जिल्ला जिल्ला अधिवेशनले शर्मा अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो । समितिको उपाध्यक्षमा उमा देवी राई, सचिवमा लक्ष्मण कार्की, सहसचिवमा विनोद निरौला र कोषाध्यक्षमा मनोज कुमार महतो सर्वसम्मत् चयन हुनुभएको छ ।

प्रदेश प्रतिनिधिमा शरणलाल दास र केन्द्रीय प्रतिनिधिमा छत्र बहादुर खड्का, फडिन्द्र खत्री, महेश भण्डारी, रेखा राजभण्डारी, गङ्गा बहादुर कटवाल चयन हुनुभएको छ । अधिवेशन नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय उपाध्यक्ष प्रभास शाहको प्रमुख आतिथ्यता र कोशी प्रदेशका पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य बुद्धि कुमार राजभण्डारीको विशेष आतिथ्ययतामा सम्पन्न भएको हो ।

 

Facebook Comments
Scroll to Top