तस्बिरमा हिउँले ढाकिए कर्णाली

कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा हिमपात भइरहेको छ। हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोटमा शुक्रबार रातिदेखि नै हिउँ परिरहेको हो। हिमपातका कारण अत्यधिक चिसो बढेपछि जनजीवन कष्टकर भएको छ।

योसमेत हुम्लामा तेस्रोपटक हिमपात भएको हो। हुम्लाको सिमकोटलगायत उत्तरी क्षेत्रमा अत्यधिक हिउँ परेको छ। यस्तै मुगुको पर्यटकीय स्थल रारा ताल पनि हिउँले ढाकिएको छ। अन्य जिल्लामा पनि गएरातिदेखि आकाश बादलले ढाकिरहेको जल तथा मौसम विभागले जनाएको छ।

 

बाक्लो हिउँका कारण आवतजावतमा समस्या भएको स्थानीयले बताएका छन्। हिमपात हुँदा कोदो, चिनु, फापरलगायत हिउँदे बाली सप्रिने आशामा हिमाली जिल्लाका किसानले गरेका छन्।

चिसो बढेसँगै सरकारी तथा गैरसरकारी कार्यालयबाट सेवा लिन समेत समस्या भइरहेको छ। अहिले हुम्ला सिमिकोटको तापक्रम माइनस ८ डिग्री सेल्सियसमा झरेको छ। यस्तै सुर्खेतको तापक्रम १५ डिग्री सेल्सियस छ भने जुम्लाको ३ डिग्री सेल्सियस छ।

हेर्नुहोस् तस्बिर

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Facebook Comments
Scroll to Top