दोर्पू नेवार समाजको २८ औं साधारण सभा सम्पन्न (तस्वीरहरु)

सोलुखुम्बु । दोर्पु नेवार समाजको २८ औँ साधारण सभा सम्पन्न भएको छ । योङ स्टार सभाकक्षमा अध्यक्ष बुद्धिनारायण श्रेष्ठको अध्यक्षता एवं कोशी प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री बुद्धिकुमार राजभण्डारीको प्रमुख आतिथ्ययतामा सोमबार सम्पन्न साधारण सभाले आगामी ३ बर्षको लागि नयाँ कार्य समिति सर्वसम्मत् रुपमा चयन गरेको छ ।

नयाँ कार्य समितिमा अध्यक्षमा पुनः बुद्धि नारायण श्रेष्ठ नै दोहोरिनु भएको छ । समितिको उपाध्यक्षमा खड्ग राजभण्डारी, सचिव राजकुमार श्रेष्ठ, कोषाध्यक्ष मनोज श्रेष्ठ र सहसचिवमा राधिका राजभण्डारी चयन हुनुभएको छ । सभाले रामलाल श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ ।

साधारण सभाले २ जना नयाँ सदस्य थप गर्ने, सदस्य हितको लागि अक्षय कोषलाई बढावा दिने, समाजको भवन निर्माणको प्रयास गर्ने लगायत्को निर्णय गरेको अध्यक्ष बुद्धि नारायण श्रेष्ठले जानकारी दिनुभयो । सभाले अध्यक्ष र कोषाध्यक्षको बार्षिक प्रगति प्रतिवेदन समेत पारित गरेको छ ।

साधारण सभामा सोलुखुम्बु उद्योग वाणिज्य सङ्घमा निर्वाचित अध्यक्ष रामलाल श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष राज कुमार श्रेष्ठ र सदस्य किशोर श्रेष्ठका साथमा सोलुभीमसेन थानमा बिजुली व्यवस्थापन गर्ने विवेक श्रेष्ठलाई सम्मान गरिएको थियो ।

    

 

Facebook Comments
Scroll to Top