
सोलुखुम्बु । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सोलुखुम्बु आउनुहुने भएको छ । यही पुस २० गते ङिम दोर्जी शेर्पा पर्यटन सडक उद्घाटन कार्यक्रमका लागि ओली सोलुखुम्बु आउने कार्यक्रम तय भएको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिनुभयो ।

खुम्बु पासाङल्हामु गाउँपालिका केन्द्र जोड्ने ङिम दोर्जी शेर्पा पर्यटन सडकको यही पुस २० गते सुर्केमा प्रधानमन्त्री ओलीद्वारा उद्घाटन गर्ने कार्यक्रम तय भएको वडा अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
सगरमाथा क्षेत्रको सुर्केसम्म खुल्यो सडक ट्रयाक, हवाई मार्गको बाध्यता हट्ने
Facebook Comments
