प्रेस चौतारी सोलुमा गार्डेन राई सर्वसम्मत्

सोलुखुम्बु । प्रेस चौतारी नेपाल सोलुखुम्बु शाखामा सर्वसम्मत् नेतृत्व चयन भएको छ । सल्लेरीमा बिहिबार सम्पन्न छैटौं जिल्ला अधिवेशनले गार्डेन राईको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला समिति सर्वसम्मत् चयन गरेको हो ।

समितिको उपाध्यक्षमा प्रविन राई, सचिवमा पुष्प श्रेष्ठ, सहसचिवमा भविराज खालिङ र जुनिसा राई, कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ चयन हुनुभएको छ । यस्तै केन्द्रीय तथा प्रदेश प्रतिनिधिमा डिल्ली शर्मा र पसी शेर्पा चयन हुनुभएको प्रेस चौतारी सोलुखुम्बुले जनाएको छ ।

छैटौं जिल्ला अधिवेशन प्रेस चौतारी नेपाल सोलुखुम्बुका अध्यक्ष डिल्ली शर्माको अध्यक्षता तथा केन्द्रिय सदस्य नुतन श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

Facebook Comments
Scroll to Top