
सोलुखुम्बु । महाकुलुङ गाउँपालिकाको प्रशासकिय भवनको शिलान्यास गरिएको छ । मंगलबार गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङले स्थानीय परम्परा अनुसार शिलान्यास गर्नुभएको हो । स्थानीय पुर्वाधार विभागको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत गरी कुल १० करोड ५ लाख ८१ हजार ८१ रुपैयाँको लागतमा भवन निर्माण हुने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खरिधन राईले जानकारी दिनुभयो ।

बि.के.एस.के. कन्स्ट्रक्सनले १८ महिना भित्र निर्माण सम्पन्न गर्ने गरि सम्झौता भएको छ । भवन शिलान्यास गर्दै अध्यक्ष कुलुङले भवन निर्माणपछि गाउँपालिकाका सबै शाखा एउटै भवनमा रहने र सेवासमेत प्रभावकारी हुने बताउनुभयो ।
Facebook Comments
