सोलुदुधकुण्ड नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास उपप्रधानमन्त्री सिंहले गर्नुहुने

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास उपप्रधानमन्त्री प्रकाशमान सिंहले गर्नु हुने भएको छ । यही पुस १४ गते उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा भवन शिलान्यास कार्यक्रम तय गरिएको सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुक्ती शेर्पाले जानकारी दिनुभयो ।

अत्याधुनिक, भूकम्प प्रतिरोधी, सिटीहल सहितको सुविधाजनक प्रशासकीय भवन निर्माण गरिन लागेको सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङबु शेर्पाले जानकारी दिनुभयो । ७ करोड १४ लाख नौ हजार तीन सय ६३ रुपैयाँ २७ पैसाको बजेटमा प्रशासनिक भवन निर्माण हुन लागेको प्रशासकीय अधिकृत शेर्पाले जानकारी दिनुभयो ।

आरएमसी पिआर एचबिजेभी निर्माण कम्पनीद्वारा जिल्ला समन्वय समिति कार्यालय नजिकै सोलुदुधकुण्ड नगरपालिकाको प्रशासनिक भवन निर्माण हुनेछ । २०८१ कार्तिक ५ गते भवन निर्माणको लागि ठेक्का सम्झौता भएको भवन २०८२ चैत्र ३० गते निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको प्रमुख प्रशासकीय अधिकृत टुक्ती शेर्पाले जानकारी दिनुभयो ।

Facebook Comments
Scroll to Top