सोलुदुधकुण्ड नगरपालिका वडा नं. ८ को भवन मेयर शेर्पाद्वारा शिलान्यास

सोलुखुम्बु । जिल्लाको एक मात्र नगरपालिका सोलुदुधकुण्डको वडा नं. ८ को प्रशासनिक भवनको मेयर नाम्गेल जाङबु शेर्पाले शिलान्यास गरेका छन् ।आज वडा नं. ८ केरुङमा एक कार्यक्रमकाबीचमा मेयर शेर्पाले वडा प्रशासनिक भवनको शिलान्यास गरेका हुन् । १० महिनाभित्र सक्ने गरी ग्रीनतारा कन्स्ट्रक्सनले १ करोड १३ लाख ५४ हजार लागतमा निर्माण गर्ने भएको छ ।

वि.सं. २०८१ साउन १९ गते सम्झौता गरिएको थियो । वडा प्रशासनिक भवनलाई २०८२ जेठ ३० गतेभित्र निर्माण गरिसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । भवन ७ कोठासहित दुई तले निर्माण गरिने सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले बताए ।

प्रशासनिक भवन शिलान्यास कार्यक्रममा मेयर शेर्पाको प्रमुख आतिथ्यता, उपमेयर गान्धिमाया तामाङको विशेष आतिथ्यता तथा वडाध्यक्ष पासाङ कटवालको अध्यक्षतामा सञ्चालन गरिएको थियो । कार्यक्रममा वडा नं ७ का वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पालगायत् वडावासीको उपस्थिति रहेको थियो ।

Scroll to Top