
आज नेपाली सिनेमा हलमा एक स्वदेशी र एक विदेशी फिल्म प्रदर्शन भएका छन्। नेपाली फिल्म ‘कार्साङ’ र भारतीय फिल्म ‘गेम चेन्जर’ हलमा लागेका हुन्।हलमा सुखद शो पाएको ‘कार्साङ’मा दयाहाङ राई मुख्य भूमिकामा छन्।
यम शेर्पाको लेखन र निर्देशनमा बनेको फिल्ममा दयाहाङसहित जितु नेपाल, दीया मास्के, सिर्जना निङ्लेखु, बुद्धि तामाङ, रविन्द्र झा लगायतको अभिनय छ। यो फिल्म शेर्पा समुदायको कथावस्तुमा आधारित छ।

त्यसैगरि, ‘गेम चेन्जर’ दक्षिण भारतीय स्टार रामचरण र कियारा आडवाणी मुख्य भूमिकामा छन्। एक्सन ड्रामा यस फिल्ममा एस।शंकरको निर्देशन रहेको छ।
फिल्ममा राम, नवनियुक्त जिल्ला कलेक्टरको रुपमा छन्। आन्ध्र प्रदेशको एक सहरमा पदभार ग्रहण गर्छन् र तुरुन्तै गहिरो रूपमा गाँसिएको भ्रष्टाचार र सरकारको अकुशलताको सामना गर्छन्।
