काठमाण्डौ । नेकपा एमाले, सोलुखुम्बुका नेता कर्मा ग्याल्जेन शेर्पाको निधन प्रति एमाले सोलुखुम्बुले दुख व्यक्त गरेको छ । उपचारको क्रममा राजधानीमा निधन भएका शेर्पालाई केन्द्रिय सदस्य एवं रक्षा मन्त्री मानवीर राईले पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
सोलुदुधकुण्ड नगरपालिका वडा नं. ८, केरुङ्ग निवासी नेकपा एमालेका पूर्व जिल्ला कमिटि सदस्य तथा तत्कालिन जिल्ला विकास समितिका क्षेत्रीय सदस्य शेर्पाको उपचारको क्रममा ६४ वर्षको उमेरमा निधन भएको हो । शेर्पाको निधनले एमालेले एक सशक्त पार्टी नेता गुमाएको मात्र नभई जिल्लाले एक राजनीतिक अविभावक समेत गुमाएको जिल्ला कमिटी, सोलुखुम्बले जनाएको छ ।
शेर्पालाई अन्तिम श्रद्धाञ्जली दिन नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य आङ्ग दामी शेर्पा र ल्हाक्पा गेलु शेर्पा, कोशी प्रदेश सल्लाहकार परिषद सदस्य बच्चु नारायण श्रेष्ठ, सोलुखुम्बू काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष खड्क नारायण राई लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
शेर्पाको पार्थिव शरिरलाई मंगलबार बौद्ध परम्परा अनुसार काठमाडौंको टेकुमा अन्तिम दाहसंस्कार गरिएको छ ।