महाकुलुङका ङिमा दोर्जीद्वारा नवौँ पटक सगरमाथा आरोहण

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३, छेस्काम मामेर्कुका ङिमा दोर्जी शेर्पाले नवौं पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नु भएको छ । फोरटिन पीक एक्सपीडिसन वाट यस वर्ष शेर्पाले मे १९ मा सगरमाथाको सफल आरोहण गर्नुभएको हो । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाबाट सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने रेकर्डसमेत शेर्पाले बनाउनुभएको छ ।

तीन चार पटक सगरमाथा आरोहण गर्ने अन्य आरोहीहरू भए पनि आफूले महाकालीबाट धेरै पटक सगरमाथा आरोहण गरेको शेर्पाको भनाई छ । ३३ बर्षिया शेर्पाले सन् २०१८ मा पहिलो पटक सर्वोच्च शिखरको आरोहण गर्नुभएको थियो । वहाँले गत वर्ष एकै सिजनमा दुई पटक सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । आगामी वर्षहरूमा पनि सगरमाथा आरोहणलाई निरन्तरता दिने शेर्पाको भनाई छ ।

Scroll to Top