तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको महिलातर्फको उपाधि शेर्पालाई

सोलुखुम्बु । ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–९ निवासी प्रहरी जवान लाक्पा ङिमा शेर्पाले यस वर्षको तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको महिला तर्फको उपाधि जित्न सफल हुनुभएको छ।

हिमालय एक्सपिडिसन कम्पनीद्वारा आयोजित म्याराथनमा उहाँले सगरमाथा आधार शिविरबाट एभरेष्ट नाम्चेसम्मको ४२‍१९५ किलोमिटर दुरी ५ घण्टा १५ मिनेट ४६ सेकेण्डमा पुरा गर्दै उपाधि हासिल गर्नुभएको हो।

विजेता शेर्पालाई सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरे र प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले नाम्चेमा आयोजित विशेष समारोहमा  खेलकुद क्षेत्रमा समेत प्रहरीले शान बढाएको भन्दै विजेता शेर्पाको प्रशंसा गर्दै सम्मान गर्नुभएको छ।

म्याराथनको महिलातर्फ दोस्रो स्थान अनिता राईले ५ घण्टा १८ मिनेट ९ सेकेण्डमा र तेस्रो स्थान दिलकला कुलुङले ५ घण्टा ४० मिनेट ३१ सेकेण्डमा दूरी पार गर्नुभएको छ।

सगरमाथाको सफल आरोहणको ७२ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको यो म्याराथन विश्वकै सर्वोच्च उचाइमा आयोजना गरिने अनौठो प्रतिस्पर्धा मानिन्छ । 2प्रतियोगिताले हिमाली खेल पर्यटन प्रवद्र्धनमा थप योगदान पुर्‍याएको आयोजक संस्थाले जनाएको छ ।

Scroll to Top