सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाले एक दिने कृषि प्रदर्शनी मेलाको आयोजना गर्ने भएको छ । यही पुस २५ गते गाउँपालिकाको कृषि शाखाद्वारा आयोजना गरिने मेलामा कृषि उपजका साथै स्थानीय औद्योगिक घरेलु सामग्री प्रदर्शन गरिने गाउँपालिकाले जनाएको छ ।
मेलामा गाउँपालिका भित्रका कृषकहरूले मात्र सहभागिता जनाउन पाउनेछन् । खाद्य, तरकारी, फलफूल, मसला, दलहन, तेलहन, नगदेबाली जडीबुटी, बेतबाँसका, स्थानीय कृषि औजार, खाडी कपडा, फर्निचर लगायत कृषि तथा घरेलु उत्पादन मेलामा प्रदर्शनी गरिने गाउँपालिकाले जनाएको छ । मेलाको विभिन्न प्रतिस्पर्धाका विजेता कृषकलाई पुरस्कृतसमेत गरिनेछ ।
कृषि व्यवसायमा आकर्षण बढाउन र कृषकहरूमा प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले गाउँपालिकाले हरेक वर्ष यस किसिमको मेला आयोजना गर्ने गरेको छ ।