सोलुखुम्बु। नेपाली कांग्रेस कोशी प्रदेश कार्य समिति अन्तरगतका विभिन्न विभागमा सोलुखुम्बुका ८ जना मनोनित भएका छन् । नेपाली कांग्रेसको विधान बमोजिम प्रदेश कार्य समितिले सोलुखुम्बुका ८ जनालाई विभिन्न विभागका सदस्यमा मनोनित गरेको पार्टीका प्रदेश सभापति उद्धव थापाले जानकारी दिनुभयो ।
नेलेका भरतबाबु कार्की जल, उर्जा तथा प्राकृतिक स्रोत विभागमा, हिरा विश्वकर्मा, महाकुलुङका शुभधन राई र सोताङका दिप राई वन, वातावरण तथा विपद व्यवस्थापन विभाग र नेचासल्यानका राम बहादुर राउत प्रदेश तथा स्थानीय निकाय विभागमा मनोनित हुनुभएको छ ।
भाषा साहित्य, कला तथा संस्कृति विभागमा सोताङका द्वारिका बस्नेत, भातृ सङ्घ समन्वय विभागमा गोराखानीका गेल्बु शेर्पा र आदिवासी जनजाति विभागको सदस्यमा केरुङका पासाङ तामाङलाई मनोनयन गरिएको कांग्रेसले जनाएको छ ।