भारतका पूर्वप्रधानमन्त्री : मनमोहन सिंहको निधन

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ। उनी भारतमा सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा रहने मध्येका एक थिए जसलाई भारतीय आर्थिक उदारीकरणका मुख्य शिल्पकार मानिन्छ।

सन् २००४ देखि सन् २०१४ सम्म प्रधानमन्त्रीको रूपमा र त्यसअघि अर्थमन्त्रीमा रहँदा उनले त्यस्ता सुधारका काम गरेका थिए। बिहीवार स्वास्थ्य अवस्था बिग्रिएपछि सिंहलाई राजधानी दिल्लीको एक अस्पतालमा भर्ना गरिएको थियो। सिंहको बिहिबार राती निधन भएको हो ।

सिंहलाई श्रद्धाञ्जली दिनेमध्ये प्रधानमन्त्री नरेन्द्र मोदी पनि छन्। मोदीले सामाजिक सञ्जालमा लेखेका छन् “भारतले आफ्नो एकजना सर्वप्रतिष्ठित नेता गुमाएकामा शोकमा छ।”

पूर्वप्रधानमन्त्री राजीव गान्धीकी छोरी तथा कांग्रेस सदस्य प्रियङ्का गान्धीले सिंह अन्तिम समयसम्म सच्चा समतावादी, विवेकी, दृढ इच्छायुक्त र साहसीू भएको बताइन्।

कांग्रेसको नेतृत्व गर्ने उनका भाइ राहुलले आफूले ूएक गुरु र मार्गदर्शक गुमाएकोू बताएका छन्।

Scroll to Top