भारतीय गायक सोनु निगमले पशुपतिनाथ मन्दिर दर्शन गरेका छन्।

नेपालमा आफ्नो पहिलो कन्सर्टका लागि बुधबार दिउँसो काठमाडौँ आइपुगेका उनले बिहीबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेका हुन्।

बुधबार साँझ हायात मैदानमा उनले सांगीतिक प्रस्तुति दिएका थिए। उनलाई हेर्न/सुन्न हजारौँ जना भेला भएका थिए।
सदाबहार हिन्दी गीत ‘शेहजादा’बाट सुरु गरेका निगमले ‘अल इज वेल’, ‘ये दिल दिवाना’, ‘पापा मेरी जान’, ‘मुझसे सादी करोगी’, ‘अभि मुझ मे कही’, ‘जिनके है चार दिन,‘कल हो ना हो’ लगायका गीत गाएर दर्शकलाई मनोरञ्जन दिए।




