सोलुखुम्बु। नेकपा माओवादी केन्द्रको सोलुखुम्बु – काठमाडौ सम्पर्क समन्वय समितिको अध्यक्षमा विष्णु खालिङ चयन हुनु भएको छ । काठमाडौमा शनिबार सम्पन्न पाँचौ सम्मेलनले खालिङको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा फुरा याङ्जी शेर्पा, गणेश कुलुङ, हरि प्रसाद राई, सचिवमा शिशिर देब राई रहनुभएको छ । यस्तै सहसचिवमा राम तामाङ र कोषाध्यक्षमा चन्द्र राई निर्वाचित हुनुभएको पार्टीका नेता प्रकाश खालिङले जानकारी दिनुभयो ।
पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यता पाँचौ सम्मेलन शनिबार सम्पन्न भएको हो ।