लुक्लामा आयोजित ब्याडमिन्टनको उपाधि संयोग र सगुनलाई

सोलुखुम्बु । हिमालय क्लव लुक्लाले आयोजना गरेको जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी संयोग बस्नेत र सगुन कार्कीको जोडीले जितेको छ । प्रतियोगिताको डबल्सतर्फ बस्नेत र कार्कीको जोडी प्रथम हुँदा विभुषण तामाङ र नौवीर राईको जोडीले द्वितीय स्थान प्राप्त गर्यो ।

यस्तै सुभम राई र कुमार सिंको जोडी र बाबुराम मगर र बुद्धवीर तामाङको जोडीले तृतीय स्थान प्राप्त गरेको जिल्ला ब्याडमिन्टन संघ सोलुखुम्बुका सचिव अर्जुन श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा सिंगलतर्फ संयोग बस्नेत प्रथम, सगुन कार्की द्वितीय र बुद्धि वीर तामाङ र विभुषण तामाङ तृतीय हुनुभएको छ ।

प्रतियोगितामा सिंगलतर्फ १५ र डबल्सतर्फ १० टिमको सहभागिता रहेको थियो । हिमालय क्लब लुक्लाको ३५ औं वार्षिकोत्सबको अवसरमा यहि शनिबार र आइतबार सञ्चालन भएको प्रतियोगिताको उद्घाटन प्रदेश माननीय बुद्धि कुमार राजभण्डारीले गर्नुभएको थियो ।

प्रतियोगितामा सिंगलतर्फका विजेताहरुले क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेकाछन् । डबल्स तर्फका बिजेता टिमले क्रमशः ५० हजार, ३० हजार र १५ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्रको प्राप्त गरेका छन् ।

 

 

Scroll to Top