शिक्षक संगठन नेचासल्यानमा बास्तोला

सोलुखुम्बु । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन नेचासल्यान गाउँपालिका स्थानीय समितिको अध्यक्षमा छबिलाल बास्तोला सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिबार नेचामा सम्पन्न समितिको तेस्रो अधिवेशनले बास्तोलाको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति गठन गरेको हो। 

नव निर्वाचित समितिको उपाध्यक्षद्वयमा अम्बिका राई र प्रभुराम राई, सचिवमा निरज कटेल, कोषाध्यक्षमा मनिता राई, सहसचिवमा उर्मिलादेवी शर्मा र सह कोषाध्यक्षमा गुणा शर्मा भट्टराई चयन हुनुभएको छ। अधिवेशनको उद्‌घाटन नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कोशी प्रदेशका सदस्य किशोर पौडेलले गर्नुभएको थियो । 

उद्‌घाटन सत्रमा कार्यक्रमका विशिष्ट अतिथि नेपाल राष्ट्रिय शिक्षक सङ्गठन सोलुखुम्बुका अध्यक्ष टङ्क दाहाल, डा. थोमस बास्तोला, नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटी सचिवालय सदस्य एवम् प्रदेश निर्वाचन क्षेत्र ‘क’ का संयोजक धर्मध्वज खत्री, नेकपा एमाले नेचासल्यान गाउँपालिका कमिटी अध्यक्ष ओम प्रसाद बास्तोला लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।  

Scroll to Top