सोलुका कवि राईलाई ‘पहिचान युवा सम्मान’, कवि बैरागी काइँलालाई ‘पहिचान सम्मान’

सोलुखुम्बु । पहिचान पुरस्कार कोषले सोलुखुम्बुका युवा कवि गणेश कुमार राई (गिलु रातोस) यस बर्षको ‘पहिचान युवा सम्मान’ प्रदान गर्ने भएको छ । पहिचानको आन्दोलन र लेखनमा पुर्याएको योगदानको कदर गर्दै सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिकाका राईलाई ‘पहिचान युवा सम्मान’ प्रदान गर्न लागेको कोषले जनाएको छ । पुरस्कारको राशी ५० हजार दुई सय २ रुपैयाँका साथमा ताम्रपत्र रहेको छ ।

यस्तै कोषले यस वर्ष वरिष्ठ कवि वैरावी काइँलालाई ‘पहिचान सम्मान’ प्रदान गर्ने भएको छ । प्रत्येक पाँच वर्षमा दिइने यो पहिचान सम्मान यस वर्ष कवि, मुन्धुमविद एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति काइँलालाई प्रदान गरिने भएको हो । सम्मानको राशी ५ लाख दुई हजार दुई रुपैयाँ र ताम्रपत्र रहेको छ ।

यस अघि लेखक तथा राजनैतिक विश्लेशक खगेन्द्र संग्रौलालाई पहिचान सम्मान प्रदान गरिसकेको छ । कोषले निरन्तर चार वर्ष पहिचान पुरस्कार दिने गर्दछ भने प्रत्येक पाँच वर्षमा पहिचान सम्मान दिदै आएको छ । ४० वर्ष मुनिका युवाहरुलाई पहिचान युवासम्मान यस वर्षदेखि दिन घोषणा गरेको छ ।

Scroll to Top