सोलुखुम्बु । हाइड्रो पावरवाट डिजेल चोरी गर्ने र चोरीको डिजेल सस्तोमा खरिद गर्ने सोलुखुम्बुको महाकुलुङ गाउँपालिकावाट पक्राउ परेकाछन् । महाकुलुङ गाउँपालिका २ बोदेलस्थित हुँगा खोला जलविद्युत् आयोजनामा काम गर्ने चार जना चालक र एक जना डिजेल खरिदकर्ता पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार, जलविद्युत् आयोजनामा काम गर्ने चालकहरूले इन्धन चोरी गरी सस्तो मूल्यमा बिक्री-वितरण गरिरहेको भन्ने सूचनाका आधारमा भदौ ७ गते बिहान अन्दाजी ४:०० बजे उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेहरुमा सिन्धुलीका श्याम बहादुर जोगी, केशब कार्की र लिला बहादुर चौहान र सोलुखुम्बुका यामबहादुर बस्नेत र आकाश राई रहेकाछन् ।
प्रहरीले ६७५ केजी (अन्दाजी ८०० लिटर) डिजेलसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबैजनामाथि चोरी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी भदौ ८ गते सोलुखुम्बु जिल्ला अदालतबाट पहिलो पटक ५ (पाँच) दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको सूचना अधिकारी तथा प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिएका छन्।

