सोलुखुम्बु – भालुको आक्रमणवाट एक जना घाइते

सोलुखुम्बु । भालुको आक्रमणवाट सोलुदुधकुण्ड नगरपालिकाको टाप्टिङमा एक जना घाईते भएकाछन् । भालुको आक्रमणवाट ५१ बर्षिय पासाङ शेर्पा घाइते भएका हुन् । उनलाई घर नजिकैको बारीमा आज सोमबार बिहान भालुले आक्रमण गरेको हो ।

आक्रमणवाट शेर्पाको कम्मरमा गहिरो चोट लागेको सोलुखुम्बु प्रहरीले जनाएको छ।प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई मिसन अस्पताल ओखलढुङ्गा लगिएको प्रहरीले जनाएको छ।

 

 

Scroll to Top