सोलुखुम्बु – चोरीमा सम्लग्न तीन जना पक्राउ

सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुले चोरीको कसूरमा संलग्न तीन जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ।प्रहरीले लिखुपिके गाउँपालिका वडा नं. २ गोली बस्ने दिनेश भन्ने दावा तामाङ, सोलुदुधकुण्ड नगरपालिका वडा नं. ६ थातेडका लक्ष्मण कामी र अर्का एक जनालाई पक्राउ गरेको हो । 

प्रहरीका अनुसार २०८३ साल असोज १ गते राति सोलुदुधकुण्ड नगरपालिका वडा नं. ७ गार्मास्थित पसी लामाको निजी गुम्बा र घरवाट काँस, तामा र पित्तलका भाडाकुडाहरू चोरी गरी लुकाइ राखेको अवस्थामा ५० के.जी. तामा, काँस र पित्तलका भाडाकुडाहरू बरामद गरिएको प्रहरीले जनाएको छ

उनीहरूलाई असोज ४ गते पक्राउ गरी सोलुखुम्बु जिल्ला अदालतबाट म्याद थप गरी हाल अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुले जानकारी दिएको छ

Scroll to Top