सोलुखुम्बुबाट सर्वसम्मत छानिए एमालेका महाधिवेशन प्रतिनिधि

सोलुखुम्बु, मंसीर ११ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सोलुखुम्बु जिल्लाबाट प्रतिनिधिहरू सर्वसम्मत रूपमा चयन भएका छन्। खुला तर्फ बुद्धिकुमार राजभण्डारी र डुफकुमार बास्तोला चयन भएकाछन् । यस्तै उत्पीडित तर्फ डि.बि. रानापाल प्रतिनिधि चयन हुदा महिला तर्फ कल्पना राई र मोहनकुमारी कार्की र ४० वर्ष मुनीका युवा तर्फ जगनाथ बास्तोला महाधिवेशन प्रतिनिधि निर्वाचित भएकाछन् ।

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा जिल्लास्तरीय तयारी तीव्र बन्दै गएकाे छ। एमालेको महाधिवेशन यही मंसीर २७ देखि २९ सम्म‌ काठमाडौंमा आयोजना हुदैछ।

Scroll to Top