नेचासल्यानमा कुकुर बन्ध्याकरण र रेबिज खोप शिविर

सोलुखुम्बु । नेचासल्यान गाउँपालिकामा कुकुर बन्ध्याकरण तथा रेबिज खोप शिविर सञ्चालन भइरहेको छ । नेचासल्यान गाउँपालिकामा यही भदौ २१ गते देखी कुकुर बन्ध्याकरण तथा रेबिज खोप शिविर सञ्चालन शुरु गरिएको हो । शिविर यही भदौ २५ गते सम्म सञ्चालन हुने छ । हाल सम्ममा १४६ वटा  कुकुरको बन्ध्याकरण गरिनुका साथै त्यत्तिकै कुकुरलाई रेबिज विरुद्धको खोप लगाइएको छ ।

शिविरमा ६१ वटा पोथी कुकुरको पाठेघर निकालेर बन्ध्याकरण गरिनुका साथै रेबिज विरुद्धको खोप लगाइएको नेचासल्यान गाउँपालिकाको पशु सेवा शाखामा कार्यरत नायब पशु सेवा प्राविधिक मनोज गौतमले बताउनु भएको छ । उहाँका अनुसार ८५ वटा भाले कुकुरको बन्ध्याकरण गरिनुका साथै रेबिज विरुद्धको खोप लगाइएको छ । हाल सम्ममा गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ का कुकुर हरूलाई बन्ध्याकरणका साथै रेबिज खोप लगाइएको छ ।

वडा नम्बर ३ का ७७, ४ का ३८ र ५ का ३१ वटा कुकुरको बन्ध्याकरण गरिनुका साथै रेबिज विरुद्धको खोप लगाइएको नेचासल्यान गाउँपालिका पशु सेवा शाखाले जनाएको छ । बाँकी रहेका वडाहरूका कुकुरहरू लाई यही भदौ २४ र २५ गते बन्ध्याकरणका साथै रेबिज विरुद्धको खोप लगाइने नेचासल्यान गाउँपालिकाको पशु सेवा शाखाले जनाएको छ ।

Facebook Comments
Scroll to Top