de नेपाल शेर्पा संघको केन्द्रीय बैठक भदौ १२ र १३ गते - सोलुखुम्बु समाचार

नेपाल शेर्पा संघको केन्द्रीय बैठक भदौ १२ र १३ गते

नेपाल शेर्पा संघको संघीय कार्यसमितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम आगामी भदौ १२ र १३ गते संघीय कार्यालयमा हुने भएको छ। दुई दिने कार्यक्रममा शेर्पा समुदायको अवस्था, संगठन सुदृढीकरण, आर्थिक व्यवस्थापन, भाषा–शिक्षा, पर्यटन, प्रवास, युवा तथा महिला सहभागितालगायत विषयमा छलफल हुने संघले जनाएको छ।

कार्यक्रममा विभिन्न प्रदेश, विभाग तथा संघसंस्थाका गतिविधि र आगामी कार्ययोजनाबारे प्रस्तुतीकरण गरिनेछ। दोस्रो दिन संघको आर्थिक तथा सांगठानिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी कार्यदिशाबारे छलफल हुनेछ।

अध्यक्ष लाक्पा ठिलेन शेर्पाको नेतृत्वमा ३७ सदस्यीय नयाँ कार्यसमिति चयन भएपछि हुन लागेको बैठकलाई संघको संगठनलाई थप व्यवस्थित, संस्थागत र प्रभावकारी बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

Scroll to Top