राखेपमा ८ सदस्य नियुक्त

सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा रिक्त रहेका ८ सदस्यको नियुक्ति गरेको छ। मंगलबार बसेको मन्त्रिरिषद्को बैठकले उनीहरुको नियुक्ति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

नियुक्त हुने सदस्यहरुमा शान्ति कुमार चौधरी (झापा), आनान्दकुमार झा (सप्तरी), सुर्वण श्रेष्ठ (ललितपुर), कमलबहादुर भट्टराई(सर्लाही), हिमालकुमार श्रेष्ठ (गुल्मी), नन्दलाल बस्याल(सुर्खेत), जगतसिंह धामी(दार्चुला) र भानबहादु चन्द (कञ्चनपुर) रहेका छन्।

राखेप खेलकुद क्षेत्रको नियामक निकाय हो।
Scroll to Top