
सोलुखुम्बु । नेपाल बुद्धिजीवी परिषद् जिल्ला कमिटी सोलुखुम्बुको अध्यक्षमा प्रभुराम बस्नेत निर्वाचित हुनुभएको छ । शनिबार सल्लेरीमा सम्पन्न पाँचौँ जिल्ला अधिवेशनले बस्नेतको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको हो।
निर्वाचित पदाधिकारीहरूमा उपाध्यक्षमा कल्पना कार्की, सचिवमा महेश भण्डारी, उप सचिवमा दधि धमला र कोषाध्यक्षमा अशोक शिवाकोटी रहनुभएको छ ।
अधिवेशन नेपाल बुद्धिजिवी परिषदका केन्द्रिय सदस्य तथा सोलुखुम्बु इन्चार्ज भगवती गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।





