काठमाडौं । सरकारले १३ जना सचिवहरूको सरुवा गरेको छ । गत शुक्रबार (२६ पुस) बसेको मन्त्रिपरिषद् बैठकले १३ जना सचिवको सरुवा र २ जनालाई कामु जिम्मेवारी तोकेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।
जस अनुसार कृष्णहरि पुष्करलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ । उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत थिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भने सुमनराज अर्याललाई लगिएको छ । चुडामणी शर्मा पौडेललाई पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । पर्यटन मन्त्रालयमा बिनोद सिंहलाई सरुवा गरिएको छ । महालेखा नियन्त्रकको कार्यालयमा गणेश पाण्डेलाई सरुवा गरिएको छ ।