ग्राहकहरूका लागि राष्ट्रिय वाणिज्य बैंकको नयाँ उपहार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्ना ग्राहकहरूका लागि नयाँ अभियानको घोषणा गरेको छ । राष्ट्रिय वाणिज्य बैंक, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त सबै भन्दा ठुलो वाणिज्य बैंक हो जसले ग्राहकहरुलाई सहज बैंकिङ सुविधाहरु उपलब्ध गराउदै आएका छन् । यस अभियान मार्फत बैंकले आफ्ना ग्राहकहरूलाई आकर्षक पुरस्कार र बोनस प्रदान गरेर आफ्नो विशेष दिनलाई उनीहरूसँग मनाउने उद्देश्य लिएको बैंकले जनाएको छ।

राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ्गमा नयाँ दर्ता गर्ने दुई जना भाग्यशाली विजेताहरूलाई नयाँ स्मार्टफोन प्रदान गर्ने जनाएको छ । राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरेर ५०० रुपैयाँ वा सोभन्दा बढीको मोबाइल टपअप गर्ने ग्राहकहरू मध्ये १०० भाग्यशाली विजेताहरूलाई १०० रुपैयाँको टपअप बोनस प्रदान गरिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रिय वाणिज्य बैंकले यो अभियान ग्राहकहरूप्रति आफ्नो कृतज्ञता व्यक्त गर्न र उनीहरूको बैंकिङ अनुभवलाई थप उत्साहजनक बनाउनको लागि ल्याएको हो। यस प्रकारका कार्यक्रमहरूले बैंक र ग्राहकबीचको सम्बन्धलाई अझ बलियो बनाउन योगदान दिनेछ। यो अभियान पौष १० देखि माघ १० सम्म सीमित रहनेछ ।

Scroll to Top