सोलुखुम्बुः नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास शाखाले हालै प्रहरी अधिकारीहरूको सरुवा गर्ने निर्णय गरेसँगै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको कमान्ड परिवर्तन भएको छ । यस निर्णयअनुसार सोलुखुम्बुका वर्तमान प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोजित कुँवरको सरुवा हुने भएको हो । उहाँलाई सोलुखुम्बुबाट काठमाडौँको रामशाहपथस्थित सर्वोच्च वा विशेष अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाइमा नयाँ जिम्मेवारी दिएर पठाइएको छ। शुक्रबार भएको यस सरुवा निर्णयले जिल्लाको सुरक्षा कमान्डमा नयाँ नेतृत्व ल्याएको हो।poli
डिएसपी कुँवरको सरुवा भएसँगै अब सोलुखुम्बु प्रहरी प्रमुखको महत्त्वपूर्ण जिम्मेवारी डीएसपी नविन राजा बुढाथोकीले सम्हाल्ने हुनुभएको छ। बुढाथोकी यसअघि काठमाडौँको टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा कार्यरत हुनुहुन्थ्यो।
अख्तियारको केन्द्रीय कार्यालयमा रहेर काम गरिसक्नुभएका डीएसपी बुढाथोकी अब सोलुखुम्बु जिल्लाको समग्र शान्ति सुरक्षा र प्रहरी प्रशासनको नेतृत्व गर्न त्यसतर्फ आउन लाग्नुभएको हो। यसरी केन्द्रको महत्त्वपूर्ण निकायबाट हिमाली जिल्लाको सुरक्षा कमान्ड सम्हाल्न आउनुभएका नयाँ प्रहरी प्रमुख र अदालत सुरक्षा समन्वयमा जानुभएका निवर्तमान प्रमुख दुवैको कार्यकाल नयाँ ठाउँमा चुनौतीपूर्ण र महत्त्वपूर्ण रहने देखिन्छ।





