सोलुखुम्बु : ८ जनालाई जन्मकैदको फैसला

सोलुखुम्बु । जिल्ला अदालत सोलुखुम्बुले कर्तव्य ज्यान मुद्दाका ८ जना प्रतिवादीलाई जन्म कैदको फैसला सुनाएको छ । २०७९ वैशाख ३० गते सोताङ गाउँपालिकामा मतदातालाई घर लैजाने विषयमा भएको दोहोरो झडपमा ३५ वर्षीय सुदिप राईको कुटपिटबाट मृत्यु भएको थियो ।

वडा नम्बर ३ मा भोट खासल्न आएकी विरामी वृद्ध महिलाको मृत्यु भएपछि कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप हुँदा राईकोे उपचारको क्रममा मृत्यु भएको थियो ।
घटनामा संलग्न रहेका सोताङ गाउँपालिका ३ का मानबहादुर राई, गोकर्ण भुजेल, साजन बाबु भुजेल, धनकुमार राई, प्रभु प्रमिस राई, सन्दिप राई, सुमन नाछिरिङ र श्रीध्वज राईलाई जन्मकैद तथा जनही ४ लाख जरिवाना सहितको फैसला सुनाइएको जिल्ला अदालत सोलुखुम्बुका श्रेस्तेदार विकास कुमार रजकले जानकारी दिनुभयो ।

जिल्ला न्यायधिश चन्द्रकुमार पोखरेलको इजालासले मिलन राई र रमेश बाबु भुजेललाई सफाई दिएको छ । घटनामा संलग्न मिलन राई अहिले पनि फरार रहेका छन् ।
मत खासल्न बोकेर बृद्ध महिलालाई मतदान केन्द्रसम्म ल्याएको तर मतदान गरिसके पछि भने बेवास्ता गरेको आरोप कांग्रेसले लगाएपछि दुई समुहबीच झडप भएको थियो ।

Scroll to Top